गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को पदाधिकारीहरूको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।गत चार जुनमा संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारीहरूको बैठकले जुन अन्तसम्म २५ वटा भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) गठन गर्ने आधारसहित निर्णय गरेको हो।हालसम्म मध्यपूर्वको साउदी अरब र क्यानडामा एनआरएनए एनसीसी गठन भएका छन्। युरोपको क्रोएसियामा पहिला नै एनसीसी गठन भए