गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो । विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको छ । शनिवार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवा