पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् ।विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ जनवरी १ अर्थात् आगामी पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । क्यानले विमानस्थल सञ्चालनको निर्णय गरे पनि पोखरेलीले भने विमानस्थल तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशङ्का व्यक्त गर्दछन् ।

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : उड्ला त समयमै जहाज ?

१६ कात्तिक, पोखरा । सन् २०२० को शुरुदेखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालन नहुने देखिएको छ । एकातिर विमानस्थल निर्माण पूरा भएको छैन भने विमानस्थल नजिकैको डाँडा काट्ने, वर्षाको पानीको निकास र ल्याण्डफिल साइट सार्ने काम पनि हुन सकेको छैन । हालसम्म विमानस्थलको ८५ प्रतिशत भौतिक पूवार्धार निर्माण भएको छ । पुसको […]