संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताएका छन् । बुधवार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिक अर्थात पुस १७ गते सञ्चालनमा ल्याउने निर्णय गरेको बताए ।उनले विमानस्थल सञ्चालन गर्नुभन्दा पहिला रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट स्थानान्तरण अनिवार्य रुपमा गर्नुपर्ने देखिएको बताए ।