दर्ता ठेगाना काठमाडौं रहेका एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सले राजस्व छलेको आशंकामा अनुसन्धान थालिएको छ । राजस्व अनुसन्धान विभागले यी दुई फर्मलाई सात दिनभित्र हाजिर हुन निर्देशन नै दिएको छ । एचबी ट्रेडका सञ्चालक विमल अग्रवाल र गणपतिका दीपेन्द्रकुमार अग्रवाल हुन् । घर ठेगाना र टेलिफोनबाट हाजिर हुन निर्देशन दिएपनि अग्रवालद्वय हाजिर नभएको विभागले जानकारी दिएको छ । अबको सात दिनभित्र पनि विभागमा नआए उजुरबाजुर नलाग्ने र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन), २०५२ अनुस