कास्की - पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाङ्कन शुरु गरेको छ । सीमाङ्कन पछि मापदण्डमा परेका संरचनाहरु हटाउने महानगरको तयारी छ । पोखरा महानगरपालिकाले पूर्व निर्धारित मापदण्ड कार्यान्वयन गर्न नसक्दा फिर्केमाथि संरचनाहरु बनेका छन् ।
महानगरले प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा समिति गठन गरेर खोलाको पुरानो आकार र खोला बगेको बाटो खोज्न लागेको हाे । निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन खोलाको भागमात्र छुट्याउन थालिएको हो ।
पोखराका महानगरपालिका मेयर धनराज आचार्यले खोला सीमाङ्कनमा प...