काठमाण्डौ – कुवेतले सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको छ ।
कोरोना सङ्क्रमण दर घट्दै जाँदा वर्क परमिटसँगै वर्किङ भिसा, बिजनेस भिसा, टुरिस्ट भिसा लगायत सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको खबर कुवेत टाइम्सले लेखेको छ ।
तर कुवेतले मान्यता दिएका दुवै खोप लगाएकाहरूका लागि मात्र कुवेतले भिसाहरू जारी गर्ने सर्त राखेको छ । खोप लगाएको क्युआरकोड सहितको भ्याक्सिनेसन सर्टिफिकेट भिसाको लागि अप्लाइ गर्दा पेस गर्न पर्नेछ । अन्य खोप लगाएकाहरूले भो बुस्टर डोज खोप लगाएको हुन पर्नेछ ।...