सञ्चारमन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियू नेता पक्राउ

काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाउने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान अनेरास्ववियूका विद्यार्थीहरुले मन्त्रीनिवास ललितपुरको पुल्चोक क्षेत्रको भित्रि सडक तथा मुल सडकमै मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका थिए। उनीहरुले मन्त्री सवार गाडीमा समेत कालोझण्डा फालेका थिए।

सम्बन्धित सामग्री

सभामुख सापकोटालाई कालो झण्डा देखाइयो

बनेपा – सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ। सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियू काभ्रेले कालो झण्डा देखाएको हो। सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियू काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो। […]

मन्त्री थापालाई प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध

पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ ।  प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले  बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।  अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापाल...