जलजला गाउँपालिकाले हजारौं रोपनी सार्वजनिक जग्गा मिचिएको तथ्य पत्ता लगाए पनि कानुनी प्रक्रियाअनुसार फिर्ता ल्याउन सकेको छैन । पालिका आफैंले प्राविधिकसहितको अध्ययन समिति बनाएको थियो । समितिले करिब एक वर्षको अध्ययनपछि आर्थिक वर्ष ०७७/७८ मा प्रतिवेदन सार्वजनिक गर्दै १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको खुलासा गरेको थियो ।