समता लघुवित्तले तेस्रो त्रैमासमा कमायो ६ करोड ६० लाख नाफा

वैशाख ११, काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण शनिवार प्रकाशित गरेको छ । कम्पनीले सो अवधिसम्ममा रू. ६ करोड ६० लाख नाफा कमाएको छ । यो नाफा गत वर्षकोभन्दा ९५ दशमलव शून्य ३ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको सो अवधिसम्ममा रू.३ करोड ३८ लाख नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ६१ दशमलव ३० प्रतिशतले बढाएर रू. ११ करोड ६४ लाख पुर्‍याएको कम्पनीले गतवर्ष भने रू. ७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।    कम्पनीले सञ्चालन नाफा पनि रू.५ करोड ३१ लाखबाट बढाएर रू.१० करोड ३७ लाख पुर्‍याएको छ। कम्पनीले उक्त अवधिसम्ममा रू. ८२ करोड ७० लाख निक्षेप संकलन गरेको छ भने रू.२ अर्ब २३ करोड लगानी गरेको छ ।     कम्पनीको चुक्तापूँजी रू.२२ करोड ९३ लाख रहेको उक्त कम्पनीको जगेडा कोषमा रू.१३ करोड ५० लाख रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको निस्क्रिय कर्जा भने २ दशमलव ११ प्रतिशतबाट बढेर ३ दशमलव ७५ प्रतिशत पुगेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीले घरेलु लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेर  गत वैशाख २ गतेबाट एकीकृत कारोबार गरिसकेको छ । दुवै मर्जर भएर घरेलु समता लघुवित्त वित्तीय संस्था भएको छ । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण भने कम्पनीले साविककै कम्पनीको नामबाट सार्वजनिक गरेको छ । तर अहिले कानूनीरुपमा ती दुवै कम्पनीको बेग्लाबेग्लै अस्तित्व भने छैन । 

सम्बन्धित सामग्री

एनएमबि लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड १४ लाख ४९ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ७ करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा भने ४ करोड ५९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने १८ करोड ९० लाख रूपैयाँभन्दा बढी कायम छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड ७५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनी १८ रूपैयाँ ७३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रूपैयाँ ९५ पैसा रहेको छ ।

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

मिर्मिरे लघुवित्तले ९ महीनामा कमायो रू. ६ करोड ९६ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ६ करोड ९६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ६३ दशमलव ८३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १९ करोड २४ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.१ करोड ३४ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ५५ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ६३ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा २४ प्रतिशत घटेको छ । गत आवमा रू. ४५ करोड ३१ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ३४ करोड ४३ लाखमात्र कमाएको हो । त्यस्तै कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४९ रुपैयाँ १५ पैसा रहेको कम्पनीको  प्रतिशेयर आम्दानी चालू आवमा १४ रुपैयाँ ४० पैसामा झरेको हो ।  त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४१ दशमलव ८२ गुणा, तरलता अनुपात १८ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ४० रहेको छ । चुक्तापूँजी रू. ६५ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू. ३३ करोड ८९ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ६१ लाख सञ्चित गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

उपकार लघुवित्तले फागुन १८ गते बोलायो साधारण सभा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सामुदायिक होमस्टे, बाँकेमा सभा गर्ने निर्णय गरेको छ । कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको सूचनामा सभाको समय भने उल्लेख गरेको छैन । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै संस्थापकतर्फबाट दुई जना र सर्वसाधारणतर्फबाट दुई जना गरी चार सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

२८ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८८२ रुपैयाँको १० प्रतिशतले हुने आउने ६ करोड […]

उपकार लघुवित्तको आईपीओ खुल्यो

२५ चैत, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाले शुक्रबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्न आवेदन खुला गरेको हो । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार […]

विन लघुवित्तले लगानीकर्तालाई साढे ११ प्रतिशत लाभांश दिने

विन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी साढे ११ प्रतिशत बोनस सेयर दिने भएको हो ।लघुवित्तको ७९औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको चुक्ता पूँजीबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँ छ । यसको ११ प्रतिशत हुन आउने ६७ लाख ६५ हजार रुपैयाँ बोनस वितरण गर्ने भएको हो ।यस्तै, चुक्ता पूँजीको ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार

सर्पोट लघुवित्तले ३१ प्रतिशत लाभांश दिने, बोनस मात्रै ३० प्रतिशत

सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत (१ करोड ९८ लाख) र १.५७ प्रतिशत (१० लाख ४२ हजार) रुपैयाँ नगद लाभांश दिने भएको हो ।कम्पनीको १६८औं सञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजी ६ करोड ६० लाखबाट उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनु

लक्ष्मी लघुवित्तद्वारा २७.३७ प्रतिशतले लाभांश वितरणको घोषणा

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३७ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त निर्णय अनुसार लघुवित्तले सेयरधनीहरुलाई ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने दुई करोड ३५ लाख  ८२ हजार २६३ रुपैयाँ नगद लाभांश बाँड्नेछ । लघुवित्तले नगद र बोनस गरी कुल २७.३७ प्रतिशत लाभां