काठमाडौं : अष्ट्रेलियाको भइरहेको आइसिसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरी सेमिफानल पुग्ने सम्भावना बलियो बनाएको छ।सिड्नीमा बिहीबार वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ-लुइस (डिएल) पद्दतिका आधारमा प्रोटिज (दक्षिण अफ्रिका)लाई ३३ रनले पराजित गरेको हो।पाकिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको १ सय ४२ रनको लक्ष्यसहित दोस्रो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घटाएर तोकिएको १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाएपछि पराजि