५५ हाते लामो लिङ्गो ढालियो

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ।पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइएको योसिँद्योः विहीबार बेलुका तान्त्रिक विधिपूर्वक पूजाआजा गरी ६ बजेर ५९ मिनेटमा ढालिएको हो।भैरवनाथको प्रतीक मानिने योसिँद्योःमा बाँधिएको अष्टमात्रिकाको प्रतीक आठवटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ।योसिँद्योःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा

सम्बन्धित सामग्री

इन्द्रजात्राको लिङ्गो आज काटिने

काठमाडौं । काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो आज काटिंदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको साइत अनुसार केन्द्रीय मानन्धर संघको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा गई लिङ्गो काट्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख […]

विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पु¥याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो […]

बिहानको शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो

काठमाडौँ,२२ भदौ । इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर : रत्न श्रेष्ठ रासस

लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र ल

बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याउने तयारी (फोटोफिचर)

काठमाडौं, २० भदौ । भदौ २४ गते इन्द्रजात्रा मनाईँदैछ । त्यसको लागि बसन्तपुर दरबार अगाडि लिङ्गो उठाउने तयारी भएको छ । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको छ। पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ। लिङ्गो यही बुधबार विहान ७ बजे ठड्याउने […]

भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता

काठमाडौँ,४ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाउँदा यो वर्ष कान्छी गाउँ विजयी भएको छ । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको मानिने […]

उठाइयो बिस्का जात्राको लिङ्गो, केहीबेरमा ढालिने

यसअघि सयौं युवाहरुले राती ११ बजेसम्म प्रयास गर्दा पनि लिङ्गो उठाउन नसकेको हो । लिङ्गो उठाउने कार्यक्रम शुरु गर्नुअघि भैरवनाथको रथलाई यसिंखेल पुर्याइएको थियो । लिङ्गो उठाउने बेला भैरवनाथको रथ अगाडी राख्नुपर्ने परम्परा छ ।

गुठी संस्थानले कमसल डोरी ल्याएपछि लिङ्गो उठाउन समस्या

भक्तपुर, बैशाख १ । प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन । चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पु¥याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले बताए । लिङ्गो […]

गुठीको बदमासीले डोरी चुडिँयो, उठेन ५५ हाते लिङ्गो

काठमाडौं : कमसल डोरीका कारण भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठाइएको छैन्। चैत मसान्तका दिन हिजै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठाउन नसकिएको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिए। लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान चैत मसान्तकै दिन उठाउने प्रचलन छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा

योसिँ (लिङ्गो) ठड्याउँदै

मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाइने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै गुठीयार तथा स्थानीय बासिन्दा । तस्बिर : रत्न श्रेष्ठ/ रासस