गुठीको बदमासीले डोरी चुडिँयो, उठेन ५५ हाते लिङ्गो

काठमाडौं : कमसल डोरीका कारण भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठाइएको छैन्। चैत मसान्तका दिन हिजै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठाउन नसकिएको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिए। लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान चैत मसान्तकै दिन उठाउने प्रचलन छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा