उच्च पहाडी क्षेत्र र त्यहाँको जनजीवन अवलोकन गर्ने पदयात्रीहरूका लागि तिम्बुङ पोखरी एक आकर्षक गन्तव्य मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा पर्ने यो क्षेत्र ४ हजार ३ सय ८० मिटर उचाइमा छ । यो ठाउँ घुम्नका लागि हरेक वर्ष जेठदेखि असोजसम्म उत्कृष्ट मौसम मानिन्छ ।