छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो । सुख्खा छालामा चिलाउने, चाँडै एलर्जी हुने र अन्य समस्या आउँछ । संवेदनशील छालामा चायापोतो आउने जोखिम बढी हुन्छ ।  तैलिया वा चिल्लो छालामा पनि समस्या […]

सम्बन्धित सामग्री

किसानलाई बाली जोगाउने चिन्ता

बलेवा, २६ चैत । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् । गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भने, “यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको […]

उद्योगीका समस्या

उद्योगी व्यवसायीले आफ्नो समस्या प्रधानमन्त्री र मन्त्रीहरूलाई सुनाउने र उनीहरूले निजीक्षेत्रको माग पूरा गर्ने आश्वासन दिने तर कहिल्यै त्यसअनुसार काम नहुने परम्पराले नयाँ सरकार आएपछि पनि निरन्तरता पाएको छ । केही समयअघि नेपाल उद्योग वाणिज्य महासंंघका पदाधिकारीले सरकारसँग आफ्ना समस्या सुनाए पनि एकाध सानातिना कामबाहेक त्यसतर्फ ठोस काम शुरू भएको छैन । यस्तोमा अहिले आयातको प्रमुख नाका एवं औद्योगिक नगरी वीरगञ्जका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आफूहरूले भोगेका समस्या र समग्र अर्थतन्त्र सुधारबारे धारणा राखेका छन् । यसमा पनि अर्थमन्त्रीको सकारात्मक प्रतिक्रिया आएको छ तर कार्यान्वयनमा जाने ठोस उपाय भने केही पनि सार्वजनिक भएको छैन । काठमाडौंका व्यवसायीले पनि उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको भन्दै प्रदर्शन गरेका छन् । सरकारले उद्योगी व्यवसायीका माग सम्बोधन गर्न ठोस कदम नचालेपछि मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका समाचार आइरहेका छन् । बन्दहडतालका विरोधी व्यवसायीहरू नै विरोधमा आउनुको अर्थ उनीहरू निकै समस्या र दबाबमा छन् भन्ने हो । सरकार उद्योगी र व्यवसायीको अभिभावक हो । समस्या नपरेका बेला अभिभावकले नियामकीय भूमिका मात्र निर्वाह गरे पुग्छ । तर, अहिले उद्योग व्यवसाय क्षेत्रमा समस्या देखिएकाले त्यसलाई जोगाउन सरकारले विशेष नीति लिनैपर्छ । वर्तमान अर्थमन्त्रीले नियुक्ति पाएकै दिन अर्थतन्त्र समस्यामा रहेको बताए पनि र यसबारे अध्ययन गर्न विज्ञहरूलाई अह्राए पनि मन्त्रालय सम्हालेको महीना दिन नाघ्दासमेत कुनै नयाँ निर्णय भएको पाइँदैन । औद्योगिक कच्चा पदार्थ आयातदेखि उत्पादन विक्रीपछि पनि व्यवसायी समस्याको घेरामा छन् । ब्याजदरको अन्तरराष्ट्रिय प्रवृत्ति पच्छ्याउँदा ब्याज बढेर अर्थतन्त्रले धान्न नसक्ने अवस्थामा पुगेको छ जसको सहज समाधान सरकारका लागि पक्कै पनि सहज छैन । तैपनि सरकारले गर्न सक्ने र गर्नैपर्ने काममा उदासीनता देखिन्छ जुन अर्थतन्त्रको गति रोक्न पर्याप्त छ । उद्योगहरूमा हुने विद्युत्को ट्रिपिङ, मौद्रिक नीतिले ल्याएको समस्या, पूँजीगत खर्चमा सुधार, कर्मचारीतन्त्रलाई परिणाममुखी बनाउने पहलजस्ता काममा सरकारले निकै ठूलो कसरत गर्नुपर्ने जस्तो देखिँदैन । त्यस्तै उधारो कानून बनाउन तत्काल सम्भव नभए अध्यादेशबाट पनि काम चलाउन सकिन्छ । तर, यी कुरामा सरकार संवेदनशील नभएको देखिन्छ । उधारो कानून नहुँदा खुद्रा व्यापारीदेखि उद्योगीसम्म सबै मर्कामा परेका छन् । यसले व्यापारको पूरै चक्रलाई बिगारेको छ । यही कारण सहकारीदेखि बैंकसम्म समस्यामा पर्ने संकेत देखापर्दै छ । तर, व्यवसायीले यो कानून माग गरेको वर्षौं भइसक्दा पनि सरकारी बेवास्ता किन भइरहेको छ ? बुझ्न सकिएको छैन । यस्तो कानून ल्याइदिए कमसे कम व्यवसायीको बिचल्ली हुने थिएन, आत्महत्या नै गर्नुपर्ने अवस्था आउने थिएन । तयारी वस्तुमा लाग्ने भन्सारभन्दा औद्योगिक कच्चा पदार्थमा लगाइएको भन्सार घटाउन सरकारलाई केले रोकिरहेको छ ? जब कि उद्योगलाई संरक्षण गर्न यस्तो कर नीति जरुरी हुन्छ र विश्वभरि नै यही चलन छ । अर्को, कोरोनाका कारण समस्यामा परेका व्यवसायीबाट साँवाब्याज भुक्तानी नभए धितो लिलामी गर्न मौद्रिक नीतिले रोकेको थियो । अहिले पनि अर्थतन्त्र सकसमा रहेको भन्दै व्यवसायीले घरजग्गा लिलाम रोक्नुपर्ने माग गरिरहेका छन् । बैंक पनि बचाउन आवश्यक छ र व्यवसाय पनि बचाउन आवश्यक छ । बैंक बच्ने र उद्योग व्यवसाय डुब्ने अवस्था आए बैंक पनि डुब्न सक्छन् । त्यसैले दुवै पक्षलाई जोगाउने खालको नीति अहिले जरुरी रहेको छ । सरकार उद्योगी र व्यवसायीको अभिभावक हो । समस्या नपरेका बेला अभिभावकले नियामकीय भूमिका मात्र निर्वाह गरे पुग्छ । तर, अहिले उद्योग व्यवसाय क्षेत्रमा समस्या देखिएकाले त्यसलाई जोगाउन सरकारले विशेष नीति लिनैपर्छ । यी जोगिए भोलि अवस्था सामान्य बन्नेबित्तिकै यसको लाभ सरकार र मुलुकले नै लिने हो । अत: सरकारले अहिलेको संकटको वास्तविकताको गहिराइमा गएर समाधानको निकास निकाल्न अबेर गर्नु हुँदैन । अर्थतन्त्र सुधार नै मुख्य काम भएकाले सरकारको ध्यान सोही तरीकाले केन्द्रित हुन आवश्यक छ ।

आयात नियन्त्रणको गलत बाटो

अर्थतन्त्रको बाह्य पक्षमा दबाब बढ्दै गएपछि सरकारले मालवस्तुको आयातमा कडाइ गर्न थालेको छ । विदेशी विनिमय सञ्चिति घट्दै गएकाले सरकारले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर आयात नियन्त्रणको नीति लिएको हो । यसले आयातलाई असहज बनाए पनि विनियम सञ्चितिमा सकारात्मक परिणाम दिन सक्नेमा भने आशंका नै छ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । नेपालको अर्थतन्त्रमा नकारात्मक संकेत अहिले अकस्मात् देखापरेको होइन । अघिल्लो आवको अन्त्यतिरदेखि नै बाह्य क्षेत्रमा नकारात्मक बन्न थालेको हो । खासमा कोरोना महामारी शुरू हुनुभन्दा अघिदेखि नै समस्याका संकेत देखापरिसकेका थिए । कोरोनाका कारण आयात ठप्प हुँदा त्यसले केही सकारात्मक देखिएको हो । तर, बिस्तारै अर्थतन्त्र चलायमान हुन थालेपछि यसमा समस्याका भ्वाङहरू देखापर्न थालेका हुन् । यद्यपि अझै पनि अर्थतन्त्र संकटतर्फ नलागेको दाबी अर्थमन्त्रीले गरेका छन् । अर्थतन्त्रको एउटा पक्षमा देखापरेको भ्वाङ टाल्न लिइएको नीतिले अन्य क्षेत्रमा थप भ्वाङ पर्ने सम्भावना बढी हुन्छ । आयातमा कडाइ गर्नेबित्तिकै त्यसले अन्य क्षेत्रमा असर पर्छ । अर्थमन्त्रीले जे बताए पनि आयात नियन्त्रण गर्न खोज्नुको अर्थ अर्थतन्त्रमा समस्या आइसकेको छ भन्ने नै हो । आयात नियन्त्रण गर्नु वा रोक्न खोज्नु भनेको विदेशी विनिमय जोगाउने अन्तिम अस्त्र हो । सरकारले यस्ता अन्तिम अस्त्रलाई शुरूमा नै प्रयोग गर्दा समस्या झनै चर्कने सम्भावना हुन्छ । आयात नियन्त्रणको यो उपाय कत्तिको प्रभावकारी हुन्छ आगामी दिनले नै बताउनेछ । तर, अहिलेको समस्याका तीन पक्ष देखिन्छन् । पहिलो कुरा सरकारले आम्दानी बढाउने नीति लिनुभन्दा खर्च घटाउने नीति लिएको छ । यसरी खर्च घटाउँदा त्यसको असर स्वरूप आम्दानी घट्छ । त्यसैले नियन्त्रणको बाटोमा जानुभन्दा आमदानी नै बढाउनेतर्फ लानुपर्छ । आायतमा कडाइ गर्नासाथ विदेशी विनिमय बढ्छ भने आपत्ति जनाउनुपर्ने कारण देखिँदैन । तर, आयात नियन्त्रणकै लागि भनेर सरकारले रोजगारी बढाउने तथा अर्थतन्त्रलाई गति दिन सहयोग गर्ने वस्तुकै आयातमा कडाइ गरेको छ । यो कडाइको व्यवसायीले विरोध गरेका छन् । अहिले २० ओटा वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा कैयौं व्यक्तिको रोजगारी गुम्न सक्छ । उदाहरणका लागि गाडी आयातमा कडाइ गर्दा एकातिर सरकारले राजस्व गुमाउने त छँदै छ, अर्कातिर गाडी आयात भएपछि त्यसले सृजना गर्ने रोजगारी पनि गुम्ने देखिन्छ । त्यस्तै विलासिताका वस्तु मानेर सुनचाँदीका आयात कडा गर्दा त्यहा“ कार्यरत कर्मचारीले रोजगारी गुमाउनुपर्ने हुन्छ । खासगरी चाँदी आयात रोक्दा हजारौं मानिसको रोजगारी गुम्ने अवस्था आउँछ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । त्यसैले यस्तो कडाइ त्यति सान्दर्भिक हुँदैन । विप्रेषणमा निर्भर अर्थतन्त्र रहेको हाम्रो जस्तो देशले विनिमय सञ्चितिका लागि विशेष रणनीति तय गर्न सक्नुपथ्र्यो । ण्अहिलेसम्म विदेशी विनिमय आर्जन गर्ने विधि पत्ता लगाएर कार्यान्वयन भइसक्नुपर्थ्यो । यसमा सरकार चुकिसकेको छ । अकस्मात् यो व्यवस्था लागू हुँदा कतिपय व्यवसायीलाई उधारो उठाउन पनि समस्या हुने देखिन्छ । क्रमशः यस्तो कडाइ गर्दै लगेको भए यो नीति बढी प्रभावकारी हुने थियो । विदेशी विनिमय सञ्चिति जोगाउन आयातमा कडाइ गर्दा उद्योग व्यवसायको चक्र नै प्रभावित हुन्छ । त्यस्तै उद्योगहरूमा कामदारको माग नहुँदा समस्या झने बढी चर्कन्छ । त्यसैले विप्रेषण गलत मार्गबाट अआइरहेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरूले औपचारिक प्रणालीबाट रकम पठाए त्यसमा प्रोत्साहन स्वरूप केही नगद दिने प्रचलन गर्न सकिन्छ । पर्यटन आगमन बढाउन प्रचारात्मक कार्य हुन सकेको छैन । विदेशी विनिमय आम्दानी हुन सक्ने क्षेत्र खोजी त्यसलाई सुधार गर्न अबेर भइसकेको छ ।

‘जलवायु कोषमा धनी राष्ट्र चुके, १.५ डिग्रीको लक्ष्य पनि टाढा’

काठमाडौँ– जलवायु परिवर्तनका कारण निम्तने गम्भीर सकंटबाट मानव समुदाय र पृथ्वीलाई जोगाउने एकमात्र उपाय तापमान वृद्धि नियन्त्रण गर्नु रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। तथ्य प्रमाणहरुको विश्लेषणबाट तयार पारिएका प्रतिवदेनहरुमा पनि तापमान वृद्धि नियन्त्रणका लागि हरितगृह ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने तर अहिलेको अवस्था त्यो विपरीत रहेको उल्लेख गरिएका छन्। पेरिस जलवायु सम्झौताले औद्योगिक क्रान्ति पूर्वको तुलनामा […]

कोरोनाबाट नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उहाँले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो,  ‘कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।’ राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।’  मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गर्नुभयो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहनुभएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ । रासस

कुर्सीमा के छ हजुर ?

मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर,  छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ? उहिले त्रेतायुगमा रावणको नाभीमा अमृत थियो रे । शायद अहिले नेताहरू बस्ने कुर्सीमा अमृत छ र त कुर्सीका लागि यत्रो महाभारत छ । कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ । दन्त्यकथामा दैत्यहरूसँग यस्तो जुक्ति हुन्थ्यो कि आफ्नो प्राण कुनै सुगा, मैना वा कुनै चराभित्र राखेर आफू सुरक्षित हुन्थे । जति नै पटक उसलाई पहाडबाट तल खसाले पनि, उल्टो बनाएर झुन्ड्याए पनि, टाउको तरबारले छुट्याए पनि दैत्यको रौं समेत बांगिदैनथ्यो रे । तर जसै दैत्यको प्राण राखेको सुगाको घाँटी निमोठिन्थ्यो, दैत्यको तत्क्षण मृत्यु हुन्थ्यो रे । आधुनिककालमा पनि हाम्रा नेता मन्त्रीहरूमा आफ्नो प्राण जोगाएर राख्ने शक्ति कुर्सीमा हुँदो रहेछ । त्यसैले उनीहरू हरतरहले कुर्सी जोगाउन वा गुमेको कुर्सी पुनः पाउन मरिहत्ते गर्दा रहेछन् । जुन जुन नेता, मन्त्रीसँग यो कुर्सी जोगाउने वा गुमेको कुर्सी पुनः पाउने जुक्ति छ, तिनलाई इन्द्रका बाबु चन्द्रै आए पनि केही बिगार्न सक्तैन । उनीहरूलाई न त महँगीले छुन सक्छ, न दुर्घटनाले ज्यान लिन सक्छ, न भूकम्प वा कुनै महामारीले । तर मन्त्रीबाट खुस्केपछि चाहिँ जे पनि हुन सक्छ । त्यसैले मन्त्री बन्न मारामार छ । तर ग्रहदशा बिग्रियो र समयमै ग्रह शान्ति पूजा गर्न छुट्यो भने तात्तातै मन्त्री खुस्कन पनि बेर नलाग्ने रहेछ । ग्रहदशा ठीक छ भने चैं ५/५ मन्त्रालय पनि एक्लैले पाइने रहेछ । जबसम्म आफ्नो प्राण कुर्सीमा राखेका मानिसका कुर्सीलाई केही हुन्न, तिनलाई पनि कुनै आपत् नआउने रहेछ । केही समययता केही नेताले कुर्सीका लागि यतिसम्म तल गिरेर, यति धेरै हुरुक्क हुनुको मुख्य कारण नै कुर्सीमा उनको प्राण अडेकोले रहेछ । कुर्सी गयो भने उनको आन, मान र शान मात्र होइन, ज्यानै पनि फुत्त जाने रहेछ । त्यसैले विगतमा कतिपय मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्ने प्रमाणहरू हुँदा हुँदै पनि तिनका ज्यान बचाउनकै लागि सरकारले उनीहरूको कुर्सी नखोसेको रहेछ । पाए त आर्यघाटमा पनि कुर्सीमै जान्थे कि ? जसरी कतिपय मन्त्रीले कुर्सीमा आफ्ना प्राण राखेका छन्, त्यसरी नै कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ । प्रतिनिधिसभाको पछिल्लो चुनावमा हार बेहोरेका कारण सांसदको सिट पाउनबाट वञ्चित कतिपय नेताको ज्यान बचाउन कुनै उपाय निकालेर उनीहरूलाई राष्ट्रियसभाको सिट दिएर जिउँदो राख्ने बन्दोबस्त पनि गरियो । राष्ट्रियसभामा सिट पाउनेबित्तिकै तिनीहरू बौरिए । तर त्यसरी सिट सुरक्षित गर्न नसकेका केही नेता, मन्त्री भने अहिले फेरि भूपू अर्थात् भूतलोकमा भूतप्रेतजस्तो भएर भौंतारिइरहेका छन् । यसरी त्यस्ता पुराना थुप्रै नेताहरू अझै न स्वर्गमा, न त पृथ्वीमा छन् । बेलाबेलामा उनीहरूको चित्कार पृथ्वीसम्म पनि आइपुग्छ । धेरैको त कुर्सीको पनि प्राण अन्तै हुँदो रहेछ । केही समयअघि एकजना ठूलै नेताको कुर्सी धरापमा पर्‍यो । उनले सो कुर्सी जोगाउन विश्व इतिहासमै कसैले प्रयोग नगरेका उपायहरू गरिरहेका छन् । उनको क्रियाकलापले स्पष्ट देखाउँछ कि उनको प्राण कुर्सीमै अडेको छ । कुर्सीविना उनी एक सेकेन्ड पनि बाँच्न सक्तैनन् । त्यसैले उनी आफू बसेको कुर्सीलाई कहिले रातारात कुनै ठूलै निवासभित्र लगेर लुकाउँछन् । कहिले उनी त्यो कुर्सीलाई लगेर कुनै इजलाशभित्र घुसाइदिन्छन् । अनि कहिले अदालतलाई धम्क्याउँछन् त कहिले शीतल भवनमा रातिराति गएर सुस्ताउँछन् । आप्नो प्राण बसेको सो कुर्सी जोगाउन उनी जे जे गर्न पनि तयार देखिन्छन् । चाहे त्यसको ठूलै मूल्य ती देशका नागरिकले तिर्न किन नपरोस् । वास्तवमै उनको कुर्सी जोगाउने यो हर्कतबीच थुपै निर्दोष शहीद भइसकेका छन् । हो, यी नेता अमर छन् । उनको कतिपटक ठूलै अपरेसन पनि भए । यिनी मानसिक रूपमा त ठीक देखिँदैनन् । तर उनको गाथमा भने आरामै आराम छ । उनको अनुहार, हाउभाउले पनि यो बताइरहेकै हुन्छ । किनकि उनको प्राण उनको कुर्सीमा अडेको छ र त्यो कुर्सी अन्त कसैमा अडेको छ । ती कतिपय बिचौलिया, कालाबजारी, तथाकथित ठूला व्यापारी र ठूलै छिमेकी हुन् रे । जबसम्म तिनलाई केही हुन्न, यिनको कुर्सीलाई पनि केही हुन्न । केही समययता भने यिनको कुर्सीमा पनि ग्रहण लाग्न लागेको छनक देखिँदै छ । तराजु ढल्केर हो वा शान्तिस्वस्ति गरेको नमिले जस्तो छ । यी उदाहरणहरूबाट प्रस्ट हुन्छ कि केही मानिससँग आफ्नो प्राणलाई कहिल्यै नाश नहुने कुरामा स्थानान्तरण गर्ने प्रविधि छ । सरकारले पनि ‘सर्वजन हिताय, सर्वजन सुखाय’को भावनाको परिचय दिँदै यस्ता अमर हुने प्रविधि सामान्यजनका लागि पनि सर्वसुलभ बनाउन थाल्नुपर्छ । त्यसो गरेमा उनीहरूले पनि आफ्नो प्राणलाई लगेर कहिल्यै नाश नहुने चीजमा राखेर सुरक्षित हुन सक्थे । चाहे महँगीले आकाश छोओस्, चाहे स्वाइन फ्लू, डेंगी वा कोरोना फैलियोस्, वा बाढी, पहिरो आओस्, भोकमरी छाओस्, त्यसले उनीहरूलाई केही फरक पर्दैनथ्यो । अहिलेजस्तो विना कुनै आफ्नो कसुर अकालमा ज्यान त जाँदैनथ्यो ! त्यसैले, हे शक्तिशाली, सुरक्षित, महान् आत्माहरू, लौ न ! कुर्सी नभाका हामी सामान्यजनलाई पनि आप्mनो प्राण सुरक्षित राख्न सक्ने उपाय बताइदिनोस् र हाम्लाई पनि अलिकति बाँच्ने अवसर दिनोस् न !

मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

आत्महत्या किन गर्छन्, कसरी रोक्ने

एउटा व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र उसलाई त्यसो गर्नबाट जोगाउने उपाय के हुन सक्छन्? मनोचिकित्सक डा. ओझाले देखेका उपाय सुन्नुहोस्।

गर्मी माैसममा घामबाट छाला कसरी जोगाउने ?, यस्ता छन् उपाय

गर्मी याममा दिउँसो घाम चर्कने गर्छ । कतिपयलाई गर्मी याम मन नपर्नुको कारण घाम चर्कनु हो । किनकी घामले शरीरमा असर गरिरहेको हुन्छ । घामका कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरू देखापर्न थाल्छन् ...