काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।
चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज साेमवार आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हक, अधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो ।
उहाँले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीले अन...