काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताउनुभएकाे छ । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो । कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ । नेपालको संविधानले अङ्गीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू न...