काठमाडाैँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएकाे जनाएकाे छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशकाे नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएकाे जनाएकाे हाे। अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री कार्यालयमा सूचनाकाे हक प्रयाेग गरी दर्ता गरेकाे निवेदनमा जवाफ दिँदै कानुन नभएकाले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकिएकाे सूचना अधिकारी कविता फुयालले जनाएकी छन्। फागुन […]