सिँचाइ अभावले खेत बाँझो

पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।

सम्बन्धित सामग्री

निर्माणको नाममा खेत र कुलाेमाथि जथाभाबी डोजर !

सडक निर्माणको नाममा जथाभाबी डोजर चलाउँदा खेत र सिँचाइ कुलोमा असर परेको भन्दै दैलेखको नारायण नगरपालिका –४ भिरमौरा र ठाडीखोलाका स्थानीयहरुले निर्माणको काम राेक्न माग गरेका छन्।...

एक झर पानीले खेत पनि नभिजेपछि पर्वतका किसान खिस्रिक्क

पर्वत : मंगलवार विहान मौसममा एकाएक आएको परिवर्तनले किसान खुशी हुँदै थिए। हिउँदमा वर्षा नभई गर्मी शुरु हुन लागे जस्तैगरी सोमवार तापक्रम बढेको आभाष हुन्थ्यो। सिँचाइ अभावले खेतमा लगाएको बाली यत्तिकै ठिम्रिएर बसेको वेला अब मकै छर्ने समय हुनै लागिसकेको छ।मकै छर्ने वेला हुनलाग्दासमेत अहिलेसम्म खेत पनि जोतिएको छैन। कात्तिक मंसिरमा धान थन्क्याएलगत्तै हुने वर्षापछि खेतका बाँझा गरा खनजोत गरेर मकै खेतीका लागि तयार पारेर राख्नुपर्ने हो। कतिपय किसानले पटपटी सुकेका बाँझा गरा जबरजस्ती जोतेरै भए पनि मकै छर

मध्य वर्खामै सिँचाइ गर्न आलोपालो

–दुर्गा देवकोटा टीकापुर, ९ साउन । कैलालीको टीकापुर नगरपालिका–३ का किसान सरोज चौधरीले असारको १५ तिर धान खेत रोपेर सकेको हुन्। तर, धान रोपाइँ सकिएको २० दिन नपुग्दै धान खेत झारले ढाकेको छ । रोपाइँमा पर्याप्त सिँचाइ उपलब्ध नहुँदा झारले धानबाली ढाकेको छ । “कुलामा भएको पानी सबैलाई पालो दिनुपर्छ, रोपेको धानले पर्याप्त पानी पाएन”, […]

झापामा खेत-खेतमा बिजुली

झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरू गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत सुविधा पुर्‍याउन लागेको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आर्थिक […]

सिँचाइका लागि खेतमै बिजुली पुगेपछि किसान दङ्ग

झापा – झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत-खेतमा बिजुली पुर्याउन सुरुआत गरेको छ। किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत-खेतमा विद्युत् सुविधा पुर्याउन थालिएको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय […]

सिँचाइका लागि खेतमै विद्युत सेवा

झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्याउन सुरुआत गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत सुविधा पुर्याउन थालिएको हो ।गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पुर्याउने काम  धमाधम भइरहेको बताए ।पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

काठमाडौँ- चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत खेतमा पानी पुर्‍याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी […]

न सिँचाइ, न आकाशे पानी : ब्याडमै सुक्यो धानको बीउ

पर्सा : एकातिर मध्य बर्खामा पनि पानी नपर्दा, अर्कातिर सिँचाइ सुविधा नहुँदा मध्य तराईका किसानको धानको बीउ ब्याडमा नै सुकिरहेको छ। तीन तहका सरकारले सिँचाइ सुविधा उपलब्ध गराएर किसानलाई न्याय नगरेका कारण भगवानको न्यायको प्रतीक्षामा किसान बताउँछन्। पर्साको कालिकामाई गाउँपालिकाकी किसान महिला फूलमतीदेवीले पनि मल, बीउ र सिँचाइ सुविधाबाट हरेक वर्ष ठगिनु परेको गुनासो गरिन्। ‘यो पटक भगवानले पनि हामीलाई विर्सनु भए जस्तो छ’, उनले भनिन्, ‘वर्षात्मा समेत बाँझो खेत हेरेर बस्न बा

हिजाे सिँचाइ नहुँदा बाँझिएका जग्गामा अहिले बाह्रै महिना अन्नबाली

काठमाण्डौ – सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँसु पोखिन्छन् ।  बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बिउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उहाँलाई रमाइलो लागेको छ । पाल्पा रामपुर नगरपालिका ५ को रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेक्नुभएको छ । रानाको दैनिकी लठ्ठीको सहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज दे...

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।