एक झर पानीले खेत पनि नभिजेपछि पर्वतका किसान खिस्रिक्क

पर्वत : मंगलवार विहान मौसममा एकाएक आएको परिवर्तनले किसान खुशी हुँदै थिए। हिउँदमा वर्षा नभई गर्मी शुरु हुन लागे जस्तैगरी सोमवार तापक्रम बढेको आभाष हुन्थ्यो। सिँचाइ अभावले खेतमा लगाएको बाली यत्तिकै ठिम्रिएर बसेको वेला अब मकै छर्ने समय हुनै लागिसकेको छ।मकै छर्ने वेला हुनलाग्दासमेत अहिलेसम्म खेत पनि जोतिएको छैन। कात्तिक मंसिरमा धान थन्क्याएलगत्तै हुने वर्षापछि खेतका बाँझा गरा खनजोत गरेर मकै खेतीका लागि तयार पारेर राख्नुपर्ने हो। कतिपय किसानले पटपटी सुकेका बाँझा गरा जबरजस्ती जोतेरै भए पनि मकै छर

सम्बन्धित सामग्री

इलाममा धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

२५ फागुन, इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ,’ उनले भने, ‘प्रतिघरी रु सात सय […]

खोलाले खेत कटान गर्दा किसान चिन्तामा

गत वर्ष नै खोलाले करिब एक कट्ठा खेत कटान गरेको गरुडा नगरपालिका २ गेडही गुठीका जेमिलाल साहले बताएका छन्।...

मधेस प्रदेशका अधिकांश खेत बाँझै

जनकपुरधाम । पानीको अभावमा मधेश प्रदेशमा अहिलेपनि अधिकांश खेत बाँझो रहेको छ । २–३ दिनदेखि मौसममा परिवर्तन भएपनि आवश्यक पानी नपरेका कारण खेत रोपाइमा समस्या भएको जनकपुरधाम २५ लोहना वभनगामाका किसान मोहम्मद मजिवुलले वताए । अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा अहिलेसम्म ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको छ । असारको तेस्रो सात्ता […] The post मधेस प्रदेशका अधिकांश खेत बाँझै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकाली करिडोरले कुलो पुर्दा खेत बाँझै

बैतडी : महाकाली करिडोर सडकले बैतडीमा कुलो पुर्दा किसानका खेत बाँझै रहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ को बज्वागडा स्कुल अगाडिदेखि करिडोरको कटिङ गर्दा कुलो पुरिएकाले यहाँका किसानका खेत बाँझै रहेका हुन्।कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझो रहेका किसान धनसिंह मंगोलाले बताए। अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ।करिडोर खन्ने क्रममा कुलो पुरिएपछि पञ्चेश्वर गाउँपालिका–२ को डिम्मर, मटयानी लगायतका खेतहरुमा पानी नल

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

बाढीले २५ रोपनी खेत बगायो, गावैँ उच्च जोखिममा

बैतडी : वर्षाका कारणले बैतडीको सिगास गाउँपालिका-७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रोपनी खेत बगाएको छ। बाढीले स्थानीय जस्बीर साउद, चक्रसिंह साउद, बिरुवा साउदको करिब २५ रोपनी खेत बगाएको स्थानीय बताएका हुन्।स्थानीय भीमबहादुर चन्दका अनुसार २५ रोपनी खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ। काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तामा परेका छन्।यस्तै सिगास गाउँपालिका-५ ढुंगाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

काठमाडौँ,२३ असोज । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो । स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान […]

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान ।

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान । रोपाइँ सुरु हुनुअघि नै वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानले बताएका छन् । तस्बिर: पूर्णिमा श्रेष्ठ

कृषिमा अनुदान पाएपछि हेटौंडाका किसान हर्षित

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियामा रहेको साना किसान सहकारी संस्थालाई हेटौंडा उपमहानगरपालिकाले खेत, बारी जोत्न भनेर गएको वर्ष एउटा ठूलो ट्याक्टर दियो । सहकारी संस्थाले ट्याक्टर पाएपछि त्यो सहकारीसँग आबद्ध सबै किसानले खेत जोत्न त्यसैको प्रयोग गरे । सस्तो दरमा ट्याक्टर मार्फत खेत, बारी जोत्ने काम गर्न पाएपछी वर्षभरि गोरु पालेर परमपरागत खेती गर्नुपर्ने बाध्यता पनि हट्यो । पालिकाले नै ५० प्रतिशत अनुदान रकममा ट्याक्टर दिएपछि खेती गर्ने गाउँका किसानका लागि निकै सजिलो भएको सहकारीका अध्...

मल नपाएर भौतारिँदै किसान, कृषि सामग्रीको गोदाम रित्तै

भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँ बाली लगाउन खेत जोतेर ठीक्क पारेका छन् । तर, रासायनिक मल नपाउँदा उनले गहुँ छरेका छैनन् । मलका लागि उनी गाउँको जागरण कृषि...