काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित भएको थियो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आावेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक डिलर सञ्चालनका लागि स्वीकृति दिने भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले स्टक डिलरलाई स्वीकृति दिने बताएका हुन् ।
धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराइ बढाउनका लागि नयाँ स्टक डिलरलाई स्वीकृति...
सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने उद्देश्यले स्थापित ‘नागरिक स्टक डिलर’ ले बुधबारदेखि कारोबार सुरु गर्ने भएको छ । यसअघि अरू ब्रोकर कम्पनीमार्फत सेयर किनबेच गरे पनि डिलरले अब आफैं कारोबार सुरु गर्ने भएको हो । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीबाट अनुमति पाइसकेको छ ।
१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र […]
नागरिक स्टक डिलर कम्पनीले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको छ । कम्पनीले गत भदौबाटै बजारमा कारोबार सुरु गर्ने रणनीति बनाएको भए पनि विभिन्न प्रक्रियागत ढिलाइले समय धकेलिएको हो । ‘अब सानातिना काम...
पुँजीबजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आउने भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ लाई शुक्रबार धितोपत्र बोर्डले सञ्चालन अनुमतिपत्र दिएपछि पुँजी बजारले पहिलो स्टक डिलर पाउने भएको हो । फागुन १ देखि लागू हुने गरी बोर्डले अनुमति दिएको हो ।
९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]