नागरिक स्टक डिलर कम्पनीले शुक्रवार बोलायोे साधारण सभा, १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव *

पुस २२, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले दोस्रो साधारण सभा शुक्रवार बोलाएको छ ।  कम्पनीले सभा नागरिक लगानी कोषको भवन नयाँबानेश्वरमा अपरान्ह ३ : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले जारी पूँजीको ३० प्रतिशतले हुने रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता प्रथामिक शेयर(आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  *नागरिक स्टक डिलर कम्पनीले शुक्रवार बोलायोे साधारण सभा, १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खरीदका लागि स्थानीयमा पुनः म्याद थप

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा पुनः म्याद थप भएको छ । स्थानीयमा छिटो अवधि साउन १८ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मको विक्री अवधि तय गरेको कम्पनीले पुनः म्याद थप गर्दै भदौ १७ गतेसम्मको अवधि तय गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ । त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिसकिएको छ ।  आयोजना प्रभावित स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजनाको कार्यालय, सानिमा बैंकको बिदुर र किस्पाङ शाखा नुवाकोट, टिमुरे शाखा रसुवाबाट आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंकको धुन्चे रसुवा शाखा, ग्लोबल आइएमई बैंकको नौकुण्ड रसुवा शाखा, लुम्बिनी विकास बैंकको कालिकास्थान, रसुवा शाखा, कुमारी बैंकको आमाछोदिङमो, रसुवा शाखा, हिमालयन बैंकको बेत्रावती, रसुवा शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको स्याफ्रुबेशी, रसुवा शाखा र आइसिएफसी फाइनान्सको कालिकास्थान, रसुवा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नहोस्

सर्वसाधारणमा जारी भएको रिलायबल नेपाल लाइफको आईपीओ खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । साउन २३ गतेदेखि सर्वसाधारणमा जारी भएकोे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन २६ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । साउन २६ गते बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार १२ लाख ५५ हजार ७४७ जनाले १ करोड ५० लाख ३५ हजार ७४० कित्ता आईपीओ खरीद माग गरेका छन्, जुन मागभन्दा साढे १ गुणा बढी हो ।   कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।  कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ । यीबाहेक ६ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रूपमा कम्पनीले २०७४ भदौ १६ गतेदेखि व्यवसाय शुरू गरेको हो । यस कम्पनीमा तत्कालीन रिलायबल डेभलपमेन्ट बैंक, साविक सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगायतको लगानी छ । रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहेको कम्पनीले हाल ८२ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।  ५ अर्ब ५० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ मात्र छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ८० करोड रहेको कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ ।

माथिल्लो मैलुङ खोलाको आईपीओ भोलिदेखि विक्री हुने, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलि (बिहीवार) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्बको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा कम्पनीले रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्ने भएको छ ।   स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ का बासिन्दारूका लागि र सो क्षेत्रबाहेक रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत रू. २ अर्ब ५० करोड छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ४८ लाख २५ हजार १७४ छ । यस आयोजनाबाट आगामी साउन १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने कम्पनीको लक्ष्य छ ।

साउन ४ देखि पहिलो चरणको आईपीओ विक्री गर्दै माथिल्लो मैलुङ खोला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्बको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा कम्पनीले रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्न लागेको हो ।  स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत रू. २ अर्ब ५० करोड छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ४८ लाख २५ हजार १७४ छ । यस आयोजनाबाट आगामी साउन १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने कम्पनीको लक्ष्य छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नागरिक स्टक डिलरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

पुस २३, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले आईपीओ जारी गरी पूँजी बढाउँने योजना अघि सारेको हो ।  हाल रू. ५ अर्ब चुक्तापूँजी रहेको कम्पनीले रू. ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले थप पूँजी जुटाउन लागेको जानकारी दिएको छ । कम्पनीले जारी पू्ँजीको ३० प्रतिशतले हुने रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ता शेयरमध्ये कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गर्नेछ ।  यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

असोज २० गतेदेखि मध्यभोटेकोशीले आईपीओ जारी गर्ने, कति कित्ता किन्ने ?

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि  सर्वसाधारणलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्कासन गर्न स्वीकृ...

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

वैशाख ७, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि वैशाख ५ गते अनुमति दिएको हो ।  अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू. ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।  कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था ( चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर ) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि विसं २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले विसं २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो ।  जारी पूँजी रू. ६ अर्ब रहेको उक्त कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ ।  कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । उक्त कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।