अफगानिस्तानका एक शरणार्थी मुराद शरीफी एक कबाब प्यालेसमा काम गर्छन् र घरबारविहीनका लागि बुडापेस्टमा बनाइएको सेल्टरमा बस्छन् । उनको सानो कोठा दर्जनौँ तस्बिरले ढाकिएका छन् । ती दर्जनौँ तस्बिरमा प्राय एक अँध्यारो विश्वको रंगीन चित्र कोरिएका छन् । जहाँ अफगान महिलाहरु लामो बुर्का पहिरिएर साथै दुश्मन पुरुषहरुबाट घेरिएको अवस्थामा पेन्टिङमा चित्रण भएका छन् ।