बन्गाडकुपिण्डे नगरपालिका–१ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माले १० वर्षअघि वर्षभरि पुग्ने अन्न उत्पादन गर्थे । उनको बारीमा वर्षाको समयमा धान र मकै तथा हिउँदमा गहुँ र तोरी गरी ३ बाली फल्थ्यो । छिपछिपे सिँचाइ योजनाको पानी अन्यत्र लगिएपछि उनले दशकयता धानबाली लगाउन पाएका छैनन् भने आधा जग्गा बाँझो बनेको छ ।