धमाधम रोपाइँ हुने बेलामा सर्लाहीका धान खेत बाँझै छन् । लामो समयदेखि वर्षा नहुँदा तथा वाग्मती सिँचाइ आयोजनाले नहरमा पानी नछाड्दा रोपाइँ हुन ढिलाइ भएको हो । आयोजनाको नहर अहिले सुक्खा छ । बीउ छिप्पिँदा पनि सिँचाइ अभावले खेतमा रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् ।