धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्