काठमाडौं : नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्।आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन्। उनले आफूहरु जनमतको विपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए।उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे। सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना विरुद्धका काम नगर्ने बता