काठमाण्डाै - बैंकहरुले आजदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् ।
सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ०३ प्रतिशत, संस्थागतमा १० दशमलव ०३ प्रतिशत र रेमिट्यान्समा १३ दश...