बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमान्डाैं / पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता... The post बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मर्जरमा जानेलाई सीडी रेसियोमा लचकता

केन्द्रीय बंैकले गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप (सीडी रेसियो)मा लचकता दिएको छ भने यसरी मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारको सम्बन्धमा निर्णय गर्ने अधिकार पनि धितोपत्र बोर्डलाई दिएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) वा प्राप्ति […]

कर्जाले व्यापार घाटा बढायो

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र […]

बैंकले मागे थप सुविधा, सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन माग

२३ असार, काठमाडौं । बैक तथा वित्तिय संस्थाका सञ्चालकहरूले मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न माग गरेका छन् । उनीहरुले यही असार मसान्त कार्यान्वयन हुने कर्जा-निक्षेप अनुपात (सीडी रेसीयो)को सीमा बढाउन माग गरेका छन्न् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले सीडी रेसियो ९० प्रतिशतबाट बढाएर ९५ प्रतिशत […]

बैंक चौतर्फी दबाबमा

चालु आर्थिक वर्ष सकिन करिब ४० दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्था चौतर्फी दबाबमा छन् । एकातिर बैंक तथा वित्तीय संस्था आफैंले तय गरेको नाफाको लक्ष्य प्राप्ति ‘फलामको चिउरा चपाउनु’ सरह भएको छ भने अर्कोतिर कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशतमा झार्नु, तरलता अनुपात २० प्रतिशत कायम गर्नु, कृषि, ऊर्जा, लघु उद्यमलगायत क्षेत्रमा तोकिएको कर्जा पूरा गर्नुपर्ने बाध्यता छ ।

बैंकमा निक्षेप फर्किंदै

काठमाडौं । स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किन थालेको छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार वैशाखभर वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । चुनावपछिका २ सातामा बैंकहरूमा १३ अर्ब रुपैयाँ निक्षेप फर्किएको छ । संघका अनुसार चैत अन्तिममा वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब कायम भएको थियो । जेठ १३ गतेसम्ममा बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ । जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । स्थानीय तहको चुनावका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकिङ प्रणालीमै फर्किन थालेको संघले जनाएको छ । बैंकहरूमा स्वदेशी मुद्राको निक्षेप वृद्धि भए पनि विदेशी मुद्रामा रहेको निक्षेप भने स्थिर देखिएको छ । बैंकमा स्वदेशी मुद्राको निक्षेप ४२ खर्ब ६० अर्ब रुपैयाँबाट वृद्धि भई ४२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्राको निक्षेप भने १ खर्ब १० अर्ब रुपैयाँ बराबर छ । निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ । जेठको २ साता बैंकहरूको कर्जा ७ अर्ब रुपैयाँले विस्तार भएको छ । वैशाखभरमा ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको बैंकहरूको कुल कर्जा जेठ १३ गतेसम्ममा बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएपछि बैंकहरूले पछिल्लो समय कर्जा विस्तार गर्न सकेका छैनन् । बैंकहरूले नयाँ कर्जा स्वीकृत नगरे पनि पहिल्यै स्वीकृत गरेको ससानो आकारको कर्जा मात्र प्रवाह गर्दै आएका छन् । निक्षेप वृद्धिपछि बैंकहरूको सीडी रेसियोमा पनि सुधार आएको छ । संघका अनुसार जेठ १३ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ४१ प्रतिशत रहेको छ । जेठ ६ गते यो अनुपात ९० दशमलव ६० प्रतिशत थियो । बैंकहरूले असार मसान्तभित्र सीडी रेसिया ९० प्रतिशतभन्दा कममा झार्नुपर्ने व्यवस्था छ । मौद्रिक नीतिको तयारी शुरू यसैबीच, सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न तयारी शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालालाई मौद्रिक नीतिका लागि रायसुझाव पेश गर्न आग्रह गरेको छ । साउन पहिलो साता नीति जारी गर्नेगरी तयारी गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, निजीक्षेत्रलगायत विभिन्न सरोकारवालासँग औपचारिक कार्यक्रम नै गरेर सुझाव लिने राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । तर, बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्राको सञ्चितिका साथै मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेपछि दबाबमा रहेको राष्ट्र बैंकले आगामी दिनमा कसिलो मौद्रिक नीति अवलम्बन गर्ने संकेत गरेको छ । यद्यपि गभर्नर महाप्रसाद अधिकारीले सोमवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटले लिएको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति जारी गर्ने बताएका थिए ।

हरेक वर्ष निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी

नेपाली बैंकिङ क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर निक्षेप वृद्धिदरको तुलनामा बढी देखिएको छ । निक्षेप वृद्धिदरको तुलनामा कर्जा प्रवाहको वार्षिक वृद्धिदर हरेक वर्ष बढी भएको देखिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गरेको एक अध्ययनअनुसार २०७० यता आव २०७६/७७ मा बाहेक हरेक वर्ष कर्जाको वृद्धिदर निक्षेप संकलनको तुलनामा बढी देखिएको छ । आव २०६९/७० मा १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह २१ प्रतिशतले बढेको थियो । यस्तै, गत आव २०७७/७८ पनि २१ प्रतिशतले निक्षेप संकलन बढ्दा कर्जा प्रवाहको वृद्धिदर भने २८ प्रतिशत थियो ।...

नीतिगत अस्थिरताले तरलता समस्या

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नीतिगत अस्थिरताका कारण तरलताको समस्या देखिएको निचोड निकालेको छ । परिसंघले गठन गरेको तरलता अभाव सम्बन्धी अध्ययन कार्यदलले आइतबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्ने नीति, निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन, अनुत्पादक क्षेत्रमा बढेको कर्जा लगानी, रेमिट्यान्सका कारण बढेको अनियन्त्रित आयात, पुँजीगत […]

सिबिफिनले औंल्यायो बैंकिङ तरलता अभावको खास कारण, दियो यस्ता सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले छोटो अवधिको कर्जा र अनुत्पादक क्षेत्रमा लगानी बढेकाले तरलता अभाव भएको प्रस्ट पारेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव र समाधानको विषयमा सिबिफिनले अध्ययन गरेर एक अध्ययन प्रतिवेदन नै तयार पारेको छ । प्रतिवेदनअनुसार निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन र अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण हुन नसक्दा तरलता अभाव भएको देखिएको छ । अध्ययनअनुसार २०७८ असारमा ४७ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश २०७८ मंसिरमा ५४.३ प्रतिशत पुगेको छ । यो अवधिसम्ममा वचतक...

बैंक सञ्चालक भन्छन्–‘मौद्रिक नीतिले तरलता अभाव बढाउ’ छ’

काठमाडौं, (नेस)  ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने निश्कर्ष बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले […]