नेकपा एमालेले प्रदेश १ सरकारले गरेको मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ । प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूलाई मन्त्रालय फुटाउनुको औचित्य पुष्टि गर्न चुनौती दिएको हो ।अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रदेश सरकारका साबिक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा संलग्न दलहरूलाई सम्झाउन चाहन्छ । प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने