बारा कोल्हवीका रामहरी प्रसाईँ पेट र हड्डीको समस्या लिएर वीर अस्पताल आएको दुई दिन भयो । उहाँलाई अस्पतालमा उपचार गराउनुुअघि टिकट लिनुपर्छ र टिकटको लागि टोकन लिनु पर्छ भन्ने पनि थाहा भएन । पहिलो दिन कुन ठाउँमा के-के गर्नु पर्छ भनेर बुझ्दैमा दिन बित्यो ।
दोस्रो दिन बिहान ९ बजे नै टोकन लिन लाइन बस्नु भयो । उहाँले ७ सय ४२ नम्बरको टोकन पाउनु भयो । तर उहाँभन्दा पछि टोकन लिनेले पहिल्यै डाक्टर भेटिसक्दासमेत उहाँ अलमलमै पर्नुभयो ।
‘बल्लबल्ल डाक्टरलाई देखाएपछि रगत जाँच गराउने ठाउँ खोज्दैमा दिउँसोको २ बज्...