संखुवासभा : संखुवासभा समाज कतारले संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए।संखुवासभा समाज कतारले कार्यक्रमबीच बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले जानकारी दिए। बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर ल