काठमाडौं : यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण देशभर २९ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि आजसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक/एकजना बाढीका कारण बेपत्ता भएका हुन्। गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन्। गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन्।विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट ब