कैलालीमा बाढीमा बेपत्ता पुरुष मृत फेला

धनगढी- कैलालीमा शनिबार बाढीले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए। उनको शव आइतबार वडा नम्बर ८ जनकपुर नजिक फेला परेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएकाे छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले कैलालीमा ठुलाे धनजनको क्षति भएको छ।

सम्बन्धित सामग्री

उदयपुरमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुर : बाढी र पहिरोका कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सोमबार राति रौतामाई गाउँपालिकामा गएको पहिरो र छौडिया खोलामा आएको बाढीमा बेपत्ता दुई जना मंगलबार बिहान मृत फेला परेपछि मृतकको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले मंगलबार बाढी र पहिरोमा परी बेपत्ता भएका दुईक...

बाढीमा बेपत्ता किशोर मृत फेला

वीरगञ्ज : पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन मिटर दक्षिणमा फेला परेको हो। वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखो...