दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन ।
बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको र भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले आयोजनामा मुख्य कामदार तथा प्राविधिकहरु चिनियाँ, इटालियन, भारतीय र नेपाली नागरिकहरु रहेको र उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकाले समस्या नभएको बताउनुभयो ।