वर्षा नहुँदा खेतमा धाँजा

असार महिना सकिनै लाग्दा पनि पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको ब्याड सुक्नुका साथै खेतमा धाँजा पर्न थालेको छ । बर्दियामा करिब ७५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा कतिपय खेतमा धाँजा पर्न थालेको हो ।

सम्बन्धित सामग्री

मधेशमा खडेरीको मार : खेतमा धाँजा, ब्याडमै सुक्यो बीउ

अन्न भण्डार मानिने मधेशमा साउन तेस्रो साता बितिसक्दा पनि ४० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जेनतेन रोपाइँ गरिएको खेतमा रोपो सुक्न थालेको छ ।

पहिरोको पूर्वानुमान नहुँदा मानवीय क्षति बढ्दै

०७२ को भूकम्पपछि बढ्यो पहिरो : भूकम्पले धाँजा फाटेको पहाडी र चुरे क्षेत्रमा विकासका नाममा स्थानीय सरकारहरूले अन्धाधुन्ध चलाएका डोजरले पहिरोको जोखिम अझ धेरै बढाएको छ, पूर्वानुमान नै नगरिने हुँदा पहिरोबाट...

आकाश हेर्दै असार बित्यो म्याग्दीका किसानको

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा …

किसान भन्छन्, ‘आकाश हेर्दै असार बित्यो’

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा […]

वर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै

साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।

रोपो सुक्यो, खेतमा धाँजा

लुम्बिनी प्रदेशअन्तर्गत धान उत्पादन हुने तराईका जिल्लामा अहिले खेत बाँझै छन् । लामो सुक्खाले रोपो सुकेको छ । पानी अभावमा खेतमा धाँजा फाटेका छन् । जमिनमुनिको पानी तानेर फाटफुट रोपाइँ गरिएको छ । धेरै जमिनमा अहिले फुंग धूलो उड्छ । किसान बाँझो खेत हेरेर टोलाउन बाध्य छन् । रासायनिक मल अभावले पिरोलिएका किसानलाई वर्षा नहुँदा झन् मर्का परेको छ । प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य छन् ।

सुक्न थाले रोपो

पूर्वी नवलपरासीमा पानी नपर्दा भर्खर रोपेको खेतमा धाँजा फाटेको छ । भर्खर रोपेको धानलाई प्रशस्त पानी चाहिने भए पनि चर्को घाम र वर्षा नहुँदा खेतमा धाँजा फाटेको हो । रोपो सुकेर उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ ।

असारमै खेतमा धाँजा

कपिलवस्तुको यशोधरा गाउँपालिका–४ अम्लोनहाका राजकुमार मालीले गत वर्ष असार तेस्रो साता २० कट्ठा खेतमा धान रोपेर भ्याएका थिए । यस वर्ष भने उनको बीउ अझ तयार भएको छैन । वर्षा नहुँदा पम्पसेट चलाएर बीउ राखे ।

स्थानान्तरण नहुँदा बस्ती जोखिममा

वैकल्पिक व्यवस्था नहुँदा कटारी नगरपालिका–१० स्थित दुर्गम तिल्केचौर बस्तीका १७ घर परिवार जोखिममै बसोबास गर्दै छन् । झन्डै डेढ वर्षयता उक्त बस्तीमा धाँजा फाट्ने क्रमसँगै जमिन भासिँदै गएको छ ।

खडेरीले धानखेतमा धाँजा फाट्‍यो

वर्षा नहुँदा धनुषाका धानखेतमा धाँजा फाट्न थालेको छ। साउनको दोस्रो साता आईसक्दा समेत वर्षा नभएपछि धानका बेर्ना खेतमै सुक्ने जोखिम बढेको