वैकल्पिक व्यवस्था नहुँदा कटारी नगरपालिका–१० स्थित दुर्गम तिल्केचौर बस्तीका १७ घर परिवार जोखिममै बसोबास गर्दै छन् । झन्डै डेढ वर्षयता उक्त बस्तीमा धाँजा फाट्ने क्रमसँगै जमिन भासिँदै गएको छ ।
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा रहेका छ वटा स्थानीय तहले बस्ती स्थानान्तरणका लागि अनुरोध गरेका छन् । जिल्लामा रहेका १
सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका बस्ती जोखिममा परेका छन् । अहिले सशस्त्र प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ ।
बुटवल । बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन शुरू गरेको छ । उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन थालेको हो ।
बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक कोरिडोर, तिनाउ–दानव कोरिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो ।
गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न शुरू गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने बताएको छ ।
उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको भन्दै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिए ।
विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएको जग्गाको कित्ता नम्बरसहित मातहतका कार्यालयमा सिफारिश गरिएको प्रमुख सुवेदीले बताए । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिरोको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणको प्रक्रिया शुरू गरिएको प्रमुख उनको भनाइ छ ।
अव्यवस्थित बसोेबासीका रूपमा रहेका, तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिरोकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । रासस
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।
आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने ।
गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस
लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।