ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्म पनि तोकिएको योजना कार्यान्वयनमा नजाने, बजेट कार्यान्वयनमा लापर्वाही गर्नेलाई कारबाहीको दायरामा ल्याइने मन्त्री बस्नेतको भनाइ छ । मुलुकको आर्थिक …