काठमाडौं, १८ जेठ। विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।राजश्व चुहावटमा दोषी ठहर भएपनि शर्मासहित तीन जनाविरुद्ध गैरकानुनी सम्पत्तिमा भने सफाइ मिलेको छ।