इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् ।
राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उनले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् ।
उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उ
त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसद्समक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भए...