हालै सार्वजनिक भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका दस्तावेजहरूमा अमेरिकाको ड्रोन आक्रमणमा परी हजारौं सर्वसाधारणको ज्यान गएको खुलासा द न्युयोर्क टाइम्सले शनिवार खबर दिएको छ ।
गलत सूचनाका आधारमा गरिएको उक्त आक्रमणमा परी धेरै बालबालिका समेत मारिएका छन् ।
‘तर कसैलाई पनि गलत काम गरेकोमा विभागीय कारवाही गरेको रेकर्ड छैन,’ पत्रिकाले लेख्यो ।
१२ जनाभन्दा कम पीडित तथा तिनको परिवारलाई क्षतिपूर्ति दिइएको छ ।
पत्रिकाले प्रकाशन गरेको एक घटनामा अमेरिकाका विशेष बलले उत्तरी सिरियाम...