माओवादी केन्द्रले बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर प