नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन

काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।

सम्बन्धित सामग्री

कोभिड–१९ का कारण ज्यान गुमाएकाको शव व्यवस्थापनमा जथाभावी खर्च

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन बापत भएको खर्चमा विविधता पाइएको छ । महामारीका कारण मृत्युवरण गरेका नागरिकको शव व्यवस्थापन खर्चको मापदण्ड निर्धारण नहुँदा जथाभावी खर्च भएको कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।नेपाली सेनाको उपत्यका पृतनाले प्रति शव ५ हजार ५८८ रुपैयाँका दरले व्यवस्थापनमा खर्च गरेको पाइएको छ । जबकि सुदूरपश्चिम पृतना कैलालीले ५८ हजार २६१ रुपैयाँ प्रति शव व्यवस्थापनमा खर्च गरेको सो प्रतिवेदनमा उल्ले

कोरोनाबाट थप ४४ को मृत्यु, २४८२ संक्रमित थपिए

कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको

थप ५५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० हजार ९३ पुग्यो

काठमाडौँ– नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५५ कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै […]

थप २५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो

काठमाडौँ– नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै […]

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेलाई प्रति शव एक हजार भत्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले शुक्रबार पदभार ग्रहण गरेका छन् ।  मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड–१९ का संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप भत्ता दिने निर्णय गर्दै पदभार ग्रहण गरेका हुन् । उनले प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेको मन्त्रीका प्रेस सहयोगी माधव तिवारीले जनाएका छन् ।   उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन प...

२४ घण्टामा ९,४८३ जनामा संक्रमण, २२५ जनाको मृत्यु र ५२२५ जना संक्रमणमुक्त

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । […]

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको […]