लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
३ पदका लागि सत्तारुढ दलले चुनावी गठबन्धन बनाएर साझा उम्मेदवार उठाएका थिए भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
लुम्बिनी प्रदेशबाट कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् ।
कांग्रेसबाट उम्मेदवार बनेका बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका रुपन्देहीका तुलबहादुर विश्वकर्मा भार...