राराको होटल हटाउन सर्वसाधारणको माग

कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारातालमा २२ वर्षदेखि बिनाप्रतिस्पर्धा एउटै व्यक्तिले होटल सञ्चालन गरिरहेको भन्दै स्थानीयले होटल हटाउन माग गरेका छन् । २०५६ सालदेखि राराको हुटुमा प्रतिनिधिसभा सदस्य गोपालबहादुर बमले क्यान्टिनको नाममा डाँफे गेस्ट हाउस सञ्चालन गर्दै आइरहेका छन् ।

सम्बन्धित सामग्री

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

४ असोज, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् …

बुधवार बढेको बजारमा फेरि हाबी बने विक्रेता, यसकारण निरुत्साहित छन् लगानीकर्ता !

काठमाडौं । गत बुधवार सामान्य अंक बढेको नेप्से परिसूचक बिहीवार भने शून्य दशमलव ५६ प्रतिशत घटेको छ । यस दिन परिसूचक १ हजार ९५६ दशमलव ९२ विन्दुमा झरेको छ । २८० धितोपत्रको ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर ५० हजार ६९ पटकमा रू. १ अर्ब १० करोड बराबरको शेयर कारोबार भएको छ ।  पछिल्लो समय लगानीकर्ताहरू शेयर बजारप्रति निरुत्साहित भएको देखिएको छ । बुधवार बढेको बजारमा बिहीवार भने विक्रेता नै हाबी हुनुले यो प्रष्ट्याउँछ । त्यसो त बिहीवार मात्रै होइन, गत मंगलवार पनि नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको थियो । त्यसअघि अघिल्लो बिहीवार र गत आइतवार पनि नेप्से घटेको थियो ।  नियामक निकायले बजार सुधारको लागि पहल नगर्दा बजार बढ्न नसकेको लगानीकर्ता बताउँछन् । लगानीकर्ताले शेयर धितो कर्जामा १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न र बैंकको ब्याजदर घटाउन माग गर्दै आएका छन् । यी माग सम्बोधन नहुँदा बजार बढ्न नसकेको लगानीकर्ताको भनाइ छ ।  बिहीवार कारोबारमा आएका धितोपत्रमध्ये बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०२ दशमलव ८० पुगेको हो । त्यस्तै इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत बढेर रू। ३७८ दशमलव ९० कायम भएको छ ।  बिहीवार सबैभन्दा बढी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९४ प्रतिशत घटेको छ । यससँगै शेयर मूल्य प्रतिकित्ता रू. ६४३ मा झरेको छ । त्यस्तै मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेर रू. २८४ कायम भएको छ । यी दुवै कम्पनीको शेयर मूल्य बुधवार उच्चदरमा वृद्धि भएको थियो । बढेको बेला विक्री गर्नेहरू हाबी भएसँगै शेयर मूल्य घटेको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिटिजन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. ३ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको रू. ३ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको शून्य दशमलव २४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव १७ प्रतिशत घटेको छ । बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४० प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत घटेको छ ।

विदेशी मदिरा आयातको प्रतिवन्ध हटाउन व्यवसायीको माग

काठमाडौं । व्यवसायीहरुले सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिवन्ध फुकाउन माग गरेका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारको कदमले आफूहरु मारमा परेको बताए । सरकारले विदेशी मुद्रा सञ्चितीमा हस आएको कारण देखाएर बिगत लामो समयदेखि विदेशी मदिरा लगायतका पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धनले होटल तथा रेष्टुरेण्ट व्यवसाय, पर्यटन […]

रारामा होटल र सरकारी संरचना हटाउन माग

नेपालका राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको अवस्थाबारे राय सुझाव संकलन गरी यसको समाधान गर्ने क्रममा मुगुको सदरमुकाम गमगढी पुगेको प्राकृतिक स्रोत समितिलाई मुगुबासीहरूले रारा तालको किनार हुटुमा रहेका होटल, सेनाको ब्यारेक र रारा राष्ट्रिय निकुञ्जको कार्यालय हटाउन माग गरेका छन् ।संघीयसभा प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको टोलीले रारातालमा […]

१० दिने पर्यटन काज तत्काल कार्यान्वयन गर्न माग

होटल संघ नेपालले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ । संघले विश्व पर्यटन दिवसका अवसरमा सरकारसँग यस्तो माग गरेको हो ।लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी […]

सरकारको निर्णयले होटल व्यवसायी खुसी

काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खोप लगाएका पर्यटक नेपाल आएर क्वरेण्टीनमा बस्नु नपर्ने र अन अराइभल भिसा खुलाउने सरकारको निर्णयले होटल व्यवसायीहरू खुसी भएका छन् । होटल एसोसिएशन अफ नेपाल (हान) ले आज आइतवार एक विज्ञप्ति निकालेर खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वरेण्टीन बस्नु नपर्ने जस्ता निर्णयले होटल व्यवसायी उत्साहित भएको उल्लेख गरेको छ । सरकारको निर्णयले पर्यटन सम्भावनाको ढोका खुलेको हानको भनाइ छ । विदेशी पाहुनालाई सेवा दिने होटलका ९५ प्रतिशतभन्द...

सीमावर्ती नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग

वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारीसाधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमाक्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारीसाधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारीसाधनको आवतजावत रोकेको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन । सिमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालित होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने । सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवसायीको भनाइ छ । कार्यक्रममा वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए । ‘बन्दाबन्दी र निषेधाज्ञाका बेला पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमाक्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीसाधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ,’ प्रमुख सरावगीले भने, ‘सिमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ । डेढ वर्षदेखि सिमानाबाट सवारी बन्द हुँदा सीमाक्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सिमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सिमानाबाट सवारीसाधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन उनले माग गरे । सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको उनले बताए । भारतीय पर्यटक सिमानामा गाडी थन्क्याएर पैदल हिँड्दै दुःख पाउन नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–२ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने विहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोरोना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ उनले भने । अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिस आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रञ्जेश श्रेष्ठको भनाइ छ । होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे । होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । पैदल हिँड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारीसाधनको आवागमनले जोखिम घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्बना बनेको व्यवसायीको गुनासो छ । सीमाक्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए । व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायत नियमित खर्चको भार बढिरहेको र कतिपय यस क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।

वीरगञ्जका होटल व्यवसायीको प्रश्न : कोरोना मानिसबाट फैलिन्छ कि गाडीबाट ?

भदौ ३१, वीरगञ्ज   । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारी साधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारी साधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताए ।  होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमा क्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारी साधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् ।  सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारी साधनको आवतजावत रोकको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन ।  सीमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जमा अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सीमानाबाट मानिसको आवागमन निर्वाध रुपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारी साधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने ।  सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवासीहरूको भनाइ छ ।  कार्यक्रममा भिडियोमार्फत वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए । ‘बन्दाबन्दी र निषेधाज्ञाको बेलामा पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमा क्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीका साधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ’, प्रमुख सरावगीले भने, ‘सीमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ । डेढ वर्षदेखि सीमानाबाट सवारी बन्द हुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सीमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सीमानाबाट सवारी साधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन रुंगटाले माग गरे ।  सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको सभापति द्विवेदी बताउँछन् ।  भारतीय पर्यटक सीमानामा गाडी थन्क्याएर पैदल हिड्दै दुःख पाउनका लागि नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने भारनको बिहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोराना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ लाठले भने ।  अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिसहरू आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रन्जेश श्रेष्ठको भनाइ छ ।  होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे । सीमावर्ती क्षेत्रमा  खुलेका ८० प्रतिशत होटलका ग्राहक भारतीय नै रहेकाले गाडी आउजाउमा लगाइएको प्रतिबन्ध तत्काल खोल्नुपर्ने संघका उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।  होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । सवारी आवागमन नहुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको कार्कीको भनाइ थियो ।  पैदल हिड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारी साधनको आवागमनले जोखि घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्वना बनेको व्यवसायीको गुनासो छ ।  सीमा क्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए ।  व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायतका नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।