विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउन पर्यटन सम्वद्ध दर्जन संस्थाको माग

पर्यटन व्यवसायीहरुले विदेशी पर्यटक सहज रुपमा नेपाल आउन सक्ने वातावरण बनाउन माग गरेका छन् । विभिन्न १२ वटा संस्थाले पर्यटक आगमनमा सहजीकरण गर्न माग गरेका हुन् ।नेपाल एशोसिएसन आफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा)मा बसेको पर्यटन व्यवसायिका संस्थाहरूको बैंठकले पर्यटकको सहज आगमनमा सजीकरण गर्न सरकारसँग माग गरेको  हो । उनीहरुले माग पूरा नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’ दिनुपर्ने, भारतसँगको सीमा नाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसासमेत तुरुन्तै लागू गर्नुपर्ने व्यवसायीहरुको माग छ ।सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने पनि माग गरेका छन् । नेपाल आएका पर्यटकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था हटाइएको जानकारी अन्तर्राष्ट्रिय मिडियामार्फत प्रचार गरे मात्रै अन्तराष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा रेड जोनमा रहेको त्यहाँबाट सुरक्षित जोनका रूपमा सर्ने उनीहरुको सुझाव पनि छ ।संस्थाहरू नाट्टा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ )एनएम), होटल एसोसियसन अफ नेपाल (हान),र्याफ्टिङ एजेन्सिज एसोसिएस अफ नेपाल (नारा), सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्स नेपाल (सोट्टो), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) लगायतका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।