ई - सेवाले पुन : ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रेफर गरि थप आम्दानी गर्न सकिने

फागुन ९, काठमाडौं । भुक्तानी सेवाप्रदायक ई - सेवाले पुन : रेफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।  ई - सेवाले यसअघि पनि रेफर एण्ड अर्न अफर सार्बजनिक गरेको  थियो । उक्त अफर अन्तरगत ई - सेवाका प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई सेवा प्रयोग गर्न आग्रह (रेफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले ई - सेवामा रष्जिट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् । यस्तै ई - सेवामा न्यूनतम १०० रुपैयाँ रकम लोड गर्दा ५रुपैयाँ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिने फोन पे प्रालिले बताएको छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको सात दिनभित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नु पर्नेछ । ई - सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको बताएको छ ।  ई - सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई - सेवामा हाल ५१ ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । ती बैंकबाट ई - सेवामा सहजै रकम जम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।  

सम्बन्धित सामग्री

खल्तीले ल्यायो रिफर गरि कमाउने अफर

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन्। प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् । ‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केही सेकेन्ड मै बैंक खाता लिङ्क गरि प्

ई–सेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौँ – नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई–सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। ई–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई–सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई–सेवामा रजिस्टर गर्दा रु २० आम्दानी गर्न सक्ने कम्पनीले […]

ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको  थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २०...