रुपन्देही – नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशकाे हितलाई केन्द्रमा राखेर र नागरिककाे चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो ।
एमसीसीकाे विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेक...