काठमाण्डाै – त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा आज साेमवार टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।
नेपा...