समयमै उपचार नपाउँदा बारामा दुर्लभ पाटे बाघको ज्यान गएको छ । काठमाडौ–तराई–मधेश द्रुत मार्गको जिरो किलोमिटर (निजगढ) क्षेत्रमा सेनाको ब्यारेक नजिकै घाइते अवस्थामा भेटिएको पाटे बाघको समयमै उपचार नपाउँदा ज्यान गएको हो ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले दिउँसो ४ बजेतिर फास्ट ट्रयाकको जिरो किलोमिटर क्षेत्रमा घाइते अवस्थामा भेटिएको भाले प्रजातीको पाटे बाघ साँझपख मृत भेटिएको बताए । मृत बाघ करिव १४ वर्षको भएको निकुञ्जले जनाएको छ ।‘घाइते बाघ साहार